काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ सोमबार हुने भएको छ । शुक्रबार (चैत ३ गते) भएको निर्वाचनबाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र जनमत पार्टीकी ममता झालाई पराजित गर्दै यादव नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले आज अपरान्ह ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने कार्यक्रम रहेको छ । प्रतिवेदन बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उपराष्ट्रपति यादवलाई सपथ गराउनेछन् ।




















प्रतिक्रिया