काठमाडौं । त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धन प्राप्त अधिकांश क्याम्पसहरूमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसका विद्यार्थीहरूले मतदान गरे ।
काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन हुन सकेन । काठमाडौंको अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरुमा मतदान सम्पन्न भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।
तस्बिरहरु हेर्नुहोस्

















































प्रतिक्रिया