काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उनले यस्धा धारणाा राखेका हुन् ।
“शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पु¥याउन ढिलासुस्ती गरे भविष्यमा यसले थप जटिलता निम्याउन सक्छ, पीडितको भावनामाथि चोट पु¥याउने काम गर्नुहुँदैन”, थापाले भने । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यताविपरीत जान नहुने उनको भनाइ थियो ।
महामन्त्री थापाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको उनको भनाइ थियो ।
सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले कांग्रेसभित्र रक्त सञ्चार गर्ने कुशल सङ्गठक गिरिजाबाबु भएको बताइन् । “कांग्रेसभित्र विपी कोइरालाले सिद्धान्त दिनुभयो, गिरिजाबाबुले सङ्गठन विस्तार गर्नुभयो”, उनकाे भनाइ थियाे ।




















प्रतिक्रिया