Logo

समाचार

निमकाे पातले के फाइदा गर्छ ?



काठमाडौं । स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ, निमको पात । आजको दिनलाई निमको पात खाने दिन भनेर पनि चिनिन्छ । निमको स्वाद तितो हुने हुनाले धेरै मान्छेले यसलाई मन पराउँदैनन् । तर यो जति तितो हुन्छ त्यति नै स्वास्थ्यको लागि फाइदाजनक छ ।

निमको प्रयोगले हाम्रो शरीरको कपाल, छाला, डन्डिफोर, घाउ, स्किन एलर्जी, खटिरा, दाग जस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । निमको पातलाई पानीमा भिजाएर खाँदा उक्त पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपाल चमकता र मुलायमता बढाउन मद्दत गर्छ ।

निमका फाइदाहरु

-निमले छालाका समस्या समाधान गर्न निकै महत्त्वपूर्ण मानिन्छ ।
-निमको तेल लगाएर टाउको मालिस गर्दा टाउको दुखाई कम हुन्छ र कपाल नरम एवम् चम्किलो हुन्छ ।
-ज्वरो आएमा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाएर आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित सेवन गर्दा केही हप्तामै ठीक हुन्छ ।
-निमको पातको रस मनतातो पारेर कानमा दुई थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको रोग ठीक हुन्छ ।
-निमको पातको लेप बनाएर छालामा लगाउँदा पुरानो दाग पनि हराएर जान्छ ।
-निमको सुकेको पातबाट बनेको धुप बाल्दा लामखुट्टे लगायतका किटाणुबाट बच्न सकिन्छ ।
-निमको काँडा पानीमा पकाएर बिहान बेलुका दैनिक कुल्ला गर्दा दाँत मुख र गिजाका समस्याबाट छुटकारा पाउन सकिन्छ ।
-निमको पातको सेवनले हृदयघातको समस्याबाट टाढा रहन सकिन्छ ।
-निमको कमलो पात घ्यूमा तारेर खाएमा अरुचीमा पनि खाना खान मन लाग्नेछ ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  १२ : २६ बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।