Logo

खेलकुद

नेपालको एकदिवसीय वरीयतामा निरन्तर सुधार, ओमनलाई पछि पार्दै १५औं स्थानमा उक्लियाे



काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा लगातार सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको हो । यस अघि नेपाल १६ औं स्थानमा थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो ।

नेपाल भन्दा पछाडी ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् । स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।

प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार  २ : १३ बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।