काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विधार्थी संघ (नेविसंघ) विवाद झन् चर्किँदै गएको छ । अध्यक्ष दुजाङ शेर्पाले एक्लौटी रुपमा मनोमानी ढंगले संगठन चलाउन खोजको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी गठनको तयारीसमेत गरेको छ । कांग्रेसको १४औं महाधिवेशन पश्चात सभापति शेरबहादुर देउवाले (२०७८ चैत्र ९ गते) नेविसघंको अध्यक्षमा शेर्पालाई मनोनित गरेका थिए ।
तर अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेटभन्दा बाहिर गएर मनोमानी ढंगले कम्युनिष्ट शैलीमा जिल्ला जिल्लामा गुटको खेती गरेकोले समानान्तर कमिटी गठनको तयारी असन्तुष्ट पक्षले गरेको हो । असन्तुष्ट पक्षले नेविसंघ प्राविधिक विधार्थी परिषदको कार्यवहाक सभापति रहेका राजेन्द्र चटौतको नेतृत्वमा समानान्तर समिटी गठन गर्ने तयारी गरेको हो ।
उक्त समूहले अध्यक्ष शेर्पामाथि नेविसंघ जिल्ला समितिहरुको नेतृत्व बिक्री गरेको, आफ्नो म्याद सकिँदै गर्दासमेत संगठन कब्जा गरेर लेटर प्याड र छाप दुरुपयोग गरेको, स्ववियु निर्वाचनमा निर्मम रुपले संगठनभित्रका योग्य साथीहरुको राजनैतिक हत्याको षडयन्त्र गरेको, विभिन्न बहानामा तीन तहको निर्वाचन र स्ववियु निर्वाचनमा चन्दा आतंक मच्चाएको र नेविसंघको ऐतिहासिक गरिमा बिर्सिएर गैरराजनीतिक सहकार्य गर्न आम कार्यकर्तालाई बाध्य पारेको लगायतका आरोप थोपरेका छ ।
यी विभिन्न आरोप लगाउँदै नेविसंघ बृहत् संघर्ष समितिले नेविसंघको अनामनगरस्थित केन्दीय कार्यालयमा तालाबन्दी गरेको हप्ता दिन भइसकेको छ । कांग्रेस काठमाडौँ कार्यालय समेत नेविसंघकै विवादका कारण तालाबन्दी गरिएको छ । केही समय अघि कांग्रेस दोलखाका सभापति र मकवानपुरक सभापतिले नेविसंघ अध्यक्ष शेर्पाको कामप्रति असन्तुष्टि सार्वजनिक रुपमै जनाएका थिए ।
चटौत नेतृत्वको असन्तुष्ट समूहले आज सामाजिक संजाल मार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विधार्थी एकता रक्षार्थ ‘बृहत्तर विधार्थी भेला’ मार्फत नेविसंघको केन्द्रिय नेतृत्व चयन कार्यक्रमको निमन्त्रणा व्यानर सार्वजनिक गरेको हो । यद्यपि कार्यक्रमको स्थान र समय भने खुलाइएको छैन । चटौतका अनुसार देश भरिका साथिहरुको सहभागीता सुनिश्चित गर्ने तयारी चलिरहेकाले यथाशिघ्र कार्यक्रमको स्थान र समय पनि तय गरिने भएको छ।
पार्टी सभापति देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकामा जन्मिएका चटौत कैलाली निर्वाचन क्षेत्र ५ का स्थायी बासिन्दा हुन् ।
प्रतिक्रिया