Logo

खेलकुद

क्यानले २० प्रतिशतले बढायो प्रशिक्षक देसाइको तलब, अब मासिक १६ लाख



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइको पारिश्रमिक २० प्रतिशतले वृद्धि गरेको छ । राष्ट्रिय टोललिाई राम्रो नतिजा दिलाएका देसाइ प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर अर्थात् नेपाली रुपैयाँ करिब १६ लाख पाउने छन् ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए । प्रशिक्षक देसाइको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायरमा समेत सिधै पुग्न सफल भएको छ ।

गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति दिएको थियो । देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ । उनले औपचारिक नियुक्ति पाउनुभन्दा केही दिनअघिबाटै नेपाली टिम सम्हालेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार ११:५२   :  बजे

2.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।