Logo

राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटारमा, प्याकेजमै भागबण्डा गर्नेबारे जुट्ला सहमति ?



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु मन्त्रालयको भागबण्डा मिलाउन आज (बिहीबार) पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

वुधबार पनि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतसँग छलफल गरेको थिए । तर, वुधबारको छलफल प्रारम्भिक भएकाले कुनै सहमति बन्न सकेको थिएन । सत्तारुढ दलहरुबीच प्याकेजमै संघ र प्रदेश सरकारको भागबन्डा गर्नेबारे प्रयास जारी छ ।

आज पनि गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर एकदुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । मन्त्रालय बाँडफाँटको विषयमा गठबन्धनमा रहेका शीर्ष चार दलबीच मात्रै परामर्श भइरहेको छ ।

चैत ६ गते विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन दलसँग छलफल गरेर सरकारलाई पूर्णता दिने प्रयास थालेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १७:५८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।