Logo

प्रमुख समाचार

नयाँ आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ११:४१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।