काठमाडौं । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलनका क्रममा घाइते भइ निधन भएका पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा गएराति लिम्बूको निधन भएपछि शुक्रबार बिहान बसेको समितिको आपत्कालीन बैठकले यस्तो माग गरेको हो ।
शहीद घोषणा नगरेसम्म लिम्बूको शव जिम्मा नलिने अडान समितिको छ । समितिले गरेको पहिलो निर्णयमा भनिएको छ— प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा, बहुपहिचानको आधारमा पुनः नामाकरणको माग सम्बोधन नगरिन्जेल र आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीर योद्धा पदम लिम्बू ‘लाजेहाङ’ लाई राज्यले शहीद घोषणा गरी क्षतिपूर्ती नगरिन्जेल मृतकको शव जिम्मा नलिने ।
समितिले जारी आन्दोलनलाई झन् सशक्तरूपमा अगाडि लाने र हरेक आन्दोलनहरूमा लिम्बूको तस्वीर शहीदका रूपमा सम्मानपूर्वक बोक्ने निर्णय पनि गरेको छ । समितिले नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा सबै घटकरूको सहभागितामा संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री तथा राजनीतिक दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउनेसमेत तयारी गरेको छ ।




















प्रतिक्रिया