Logo

प्रमुख समाचार

बागमती प्रदेश : एमालेका मन्त्रीले दिए सदनभित्रै राजीनामा



मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । शुक्रबारको मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

उनीहरुले सदनभित्रै मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो ।

एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १६:३४   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।