Logo

राजनीति

प्रदेशको विकास र समृद्धि सरकारको लक्ष्य : मुख्यमन्त्री जम्मकट्टेल



हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उनले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने क्रममा सरकारलाई दिएको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउने बताए ।

उनले जनतालाई संविधान र प्रजातन्त्रप्रति दलको नेतृत्वबाट भएका कमीकमजोरीको कारणले निराशा पैदा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रदेशको भौतिक पूर्वाधार, आर्थिक समृद्धि र जनतालाई शान्ति सुरक्षा र अमनचैन कायम गर्न सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेकपा (एमाले)का संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारले आर्थिक मितव्ययिताका प्रशासनिक खर्चमा कटौती गरेको बताए । उनले प्रदेशका विभिन्न अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण उपलब्ध गराइएको र उपचार सेवालाई अझ प्रभावकारी बनाउन घुम्ती चिकित्सक टोली परिचालन गरिएको जानकारी दिए ।

उनले प्रदेश सरकारले दुई महिना सात दिनमा कृषि उत्पादन र पशुपंक्षी पालनमा कृषकलाई परिचालन गर्न गुरुयोजना तर्जूमा गरी कार्यान्वयन गरेको बताए । मुलुकमा स्थिर राजनीतिक अवस्था सिर्जना गर्न सके जनतालाई प्रजातन्त्रप्रति विश्वास बढ्ने धारणा उनको भनाइ छ । वर्तमान अवस्थामा मुलुकमा राजनीतिक तीव्र धु्रवीकरणको कारणले आफ्नो पार्टीले सहमतिको आधारमा मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा मन्त्रिपरिषद्मा समावेश भएको बताए । उनले बागमती प्रदेशमा नेकपा (एमाले)ले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने बताए । उनले एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने स्पष्ट पारे । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेताबहादुर सिंह लामाले प्रदेशमा स्थायी, शान्ति, आर्थिक समृद्धिका आफ्नो पार्टीले विश्वासको मत दिने र सरकारमा सहभागी हुने भनाइ व्यक्त गरे ।

उनले आफू सरकारमा जाँदा बाहिरी हस्तक्षेप नहुने र सरकारबाट बाहिरिदा स्वदेशी र विदेशीको चलखेल बढेको भनेर टिका टिप्पणी हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले प्रमुख राजनीतिक दलहरु आपसमा सहकार्य र समन्वयका आधारमा राष्ट्रलाई दीगो शान्ति र स्वाधिनताको संवद्र्धन गर्न एकजुट हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार २०:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।