काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा भइरहेको छलफल प्रतिनिधिसभा नियमावली लगायतका विषयमा केन्द्रित रहेकाे बताइएकाे छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन संसदमा विचाराधीन छ । प्रतिनिधिसभामा पेश भइसकेको नियमावलीको मस्यौदाउपर दलहरुले संशोधन प्रस्ताव राख्ने समय सकिएको छ । प्रतिनिधिसभा नियमावलीमा संशोधन प्रस्ताव राख्दै सत्तारुढ दलका सांसदहरुले प्रतिनिधिसभाको बैठक राख्ने र एजेण्डा तय गर्ने लगायतका विषयमा सभामुखको एकल अधिकार नरहने व्यवस्थाको वकालत गरेका छन् ।
सभामुख मनमौजी हुन सक्ने भन्दै सभामुखले विगतमा प्रयोग गर्दै आएको अधिकारलाई प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको क्षेत्राधिकारभित्र ल्याउने सत्तारुढ दलका सांसदहरुको प्रस्ताव छ । सदनमा सत्तारुढ दलहरुको बहुमत भएकाले प्रस्तावित नियमावलीको संशोधन प्रस्ताव पारित हुन सक्ने भएकाले सभामुख घिमिरेले त्यस खालको वातावरण बन्न नदिन पहल लिएको नेताहरुको बुझाइ छ ।




















प्रतिक्रिया