काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले खलाडीहरुको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीले पाउने सेवासुविधान न्यून हुँदा पलायनको क्रम बढ्दै गएको बताए ।
सांसद शाहीले खेलाडीले राष्ट्रलाई विश्वमा चिनाउने भन्दै उनीहरुले पाउने तलब मन्त्री र सांसदका स्वकीय सचिवले पाउनेभन्दा कम रहेको उल्लेख गरे । उनले अब मन्त्री र सांसदका स्वकीय सचिवले पाउने तलब कटौती गरेर खेलाडीहरुको तलब वृद्धि गर्नुपर्ने बताए ।
खेलकुद क्षेत्रमा अत्यन्तै कम बजेट बिनियोजन हुने गरेको भन्दै उनले यसलाई बढाउन पनि सरकरसँग माग गरे ।




















प्रतिक्रिया