Logo

खेलकुद

साफ यू–१७ महिला च्याम्पियनसिप : रसियासँग नेपाल पराजित



काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल व्यहोरेको थियो । खेलको ६३ औं मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७४ औं मिनेटमा एलिना गोलीकले व्यक्तिगत दोस्रो गोल गर्दै रसियालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८३ औं मिनेटमा पोलिनाले गोल गर्दै रसियालाई ३-० को जित दिलाईन् ।

रसियाको यो लगातार तेस्रो जित हो । रसियाले ३ खेलमा ९ अंक जोडेको छ । रसिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालको यो दोस्रो हार हो । नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । नेपालले अब चौंथो खेलमा मंगलबार आयोजक बंगलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : चैत्र १२, २०७९ आईतबार  ९ : ३० बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।