Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेपछि पक्राउ परेका तीन युवा जेल चलान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन्। अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिए पनि उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेपछि जेल चलान भएका हुन् ।

धरौटी नतिरेपछि उनीहरुलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरन्जनदत्त भट्टले जानकारी दिए। चैत ७ गते बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो। अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो। तर उनीहरुले धरौटी तिर्न नमानेपछि जेल चलान भएका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १३:५९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।