Logo

आजको तस्बिर

मेयर बालेन साहविरुद्ध सुकुम्बासीहरुको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सुकुम्बासीहरुले मेयर बालेन्द्र (बालेन) साहविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले संविधान र कानुनविपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने काम गरेको भन्दै महानगरका मेयर साहविरुद्ध समेत नाराबाजी गरेका थिए ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । प्रदर्शनकारीहरुले यसअघि पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका माग समेत अघि सारेका छन् ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १५:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।