काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी चैत्र २० गते सुनसरीको इनरुवा भ्रमण गर्ने भएका छन् । संयुक्त जनआन्दोलन मोर्चाका अध्यक्ष ताराथ लुइटेलले पूर्वराजा शाहको इनरुवा भ्रमणबारे जानकारी दिँदै राजावादीहरुलाई पूर्वराजाको अभिन्दनका लागि अपिलसमेत गरेका छन् ।
अध्यक्ष लुइटेलले राजावादी, राष्ट्रवादी र हिन्दु अधिराज्य पुनस्र्थापना गर्नुपर्छ भन्ने सबै अभियान्ताहरु उक्त दिन साढे १२ बजे इनरुवामा उपस्थित हुन भनेका छन् । साथै उनले मार्चाका पूर्वाञ्चालका सबै केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र सदस्यालई पनि उक्त कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।




















प्रतिक्रिया