काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी १० वैशाखमा उपनिर्वाचन हुने ३ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । सोमबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले चुतवन –२ मा पार्टी उपाध्यक्ष विक्रम पाण्डे, बारा–२ मा उपाध्यक्ष वुद्धिमान तामाङ र तनहुँ–१ मा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई चुनावी कमाण्डर तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने निर्णय पनि गरेको छ । गत ४ मंसिरको निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने पनि निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।




















प्रतिक्रिया