Logo

प्रमुख समाचार

ओलीकाे कटाक्ष : प्रचण्ड–देउवाले मिचिएको आफ्नो भू–भाग नदेखेको झैं गरे



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फेरि प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् । आफू प्रधानमन्त्री बनिसकेको र काम पनि गरेर देखाइसकेको उनको जिकिर छ ।

‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म प्रधानमन्त्री बनिसकें । काम गरेर देखाइसकें । म प्रधानमन्त्री बन्न नपाएको त्यस्तो पनि होइन । तपाईंहरुले बनाउनुभयो । प्रधानमन्त्री बनेर काम पनि देखाएको छु ।’

उनले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताए । एमालेलाई काम गर्न नदिएर हटाएपछि देशको भूगोल मिचिएको उनको जिकिर थियो ।

उनले भारततर्फ लक्षित गर्दै भने, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो । पछि प्रचण्ड-शेरबहादुरहरुले अलिकति खुम्चाए । अलिकति आफ्नो भूभाग नदेखेको झैं गरे । कस्तो दलाली ? कस्तो चाकडी होला ? देश मिचिएको सरकारमा छन् रक्षा गर्ने कर्तव्य हो । तर, मैले त देखिन भन्छन् ।’

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार २०:०७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।