काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।
चैत १५ गते रथलाई तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइन्छ । चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका परिसर पुर्याइन्छ । चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ ।
त्यस्तै, चैत्र १९ गते रथलाई लगन, ज्याबहाल, द्यः लं,यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्याइन्छ ।
तस्बीरहरु हेर्नुहाेस्























प्रतिक्रिया