Logo

खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपालको २१ सदस्यीय प्रारम्भिक टोली घोषणा



काठमाडौं । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार २१ सदस्यीय प्रारा्भिक टोली घोषणा गरेको हो । जसमा यू–१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् ।

टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् । १० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन् । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

प्रारम्भिक नेपाली टोली:-

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सुर्य तामाङ, सोमपाल कामी, किशोर महतो, करण केसी, देव खनाल, सन्दीप लामिछाने

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ११:३३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।