Logo

प्रमुख समाचार

कोशी प्रदेश नामकरणविरुद्ध भइरहेको आन्दोलनलाई सरकारले अदेखा नगरोस् : राजेन्द्र लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट पक्षले गरिरहेको आन्दोलनलाई सरकारले अदेखा गरिरहेको भन्दै आपत्ति जनाएका छन् । सैद्धान्तिक रुपमा राप्रपा प्रदेश संरचनाप्रति विमति रहेपनि अहिले नामकरणपछि भइरहेको आन्दोलन थप मुठभेटतर्फ गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले भने, ‘भर्खरै भएको कोशी प्रदेशको नामकरणप्रति केही पक्षको असहमति आइराखेको छ । यसलाई सरकारले गम्भीरतापूर्वक नलिँदा यो मुठभेटर्फत गइरहेको छ ।’

उनले प्रदेश नामकरण र त्यसविरुद्ध भइरहेको आन्दोलनबारे सकारको धारणासमेत माग गरे । ‘अहिले सरकारमा रहेको पार्टी, जसले हिजो जनतालाई जात अनुसारको प्रदेश दिने भनेको थियो । तामाङलाई ताम्सालिङ दिने, लिम्बुलाई लिम्बुवान दिने, राईलाई राई दिने, मगरलाई मगरात दिने र गुरुङलाई तमुवान दिने नाराका साथ राजनीतिमा आएको दल, जसले अहिले सरकारको नेतृत्व गरिरहेको छ’, उनले भने, ‘पूर्वमा भइरहेको त्यो आन्दोलनबारे के भन्छ सरकार ? सरकारको धारणा आवस् ।’

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १६:२२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।