काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ वर्ष फेरि खेर जाने बताएका छन् । बुधबार रुपेन्देहीमा आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन उनले सत्ताको खेलका कारण यो पाँच वर्ष खेर जाने बताएका हुन् ।
ओलीले नेकपा एमालेको सही नीति कार्यान्वयन गर्न, सही गन्त्वयमा पुग्न संगठनलाई चुस्तदुरुस्त राख्न जरुरी बताए । साथै चीनले गरेको विकासको अनुभव लिएकाले आफूहरुले १० वर्षमा नेपालको गरिबी हटाउनसक्ने दाबी गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अरुले ३ सय वर्षमा गरेको विकास, चीनले ३० वर्षमा गर्यो। चीनले ३० वर्षमा गरेको विकास हामीले अनुभव लिएका छौं। त्यो विकास हामी १० वर्षमा गर्छौं। नेपालबाट १० वर्षमा गरिबी हटाउन सक्छौं।’




















प्रतिक्रिया