Logo

प्रमुख समाचार

जसपाबाट मन्त्री बन्नेहरुको नाम छान्ने अधिकार अध्यक्ष यादवलाई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले यादवलाई मन्त्री छान्ने अधिकार दिएको हो ।

बैठकमा अध्यक्ष यादवले पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको ब्रिफिङ गरेका छन् । अब यादवले सन्तुलन मिलाएर मन्त्री छानेर प्रधानमन्त्री प्रचण्डलाई बुझाउने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १६:४७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।