Logo

प्रमुख समाचार

चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि चार जना मिटरब्याजी पीडित अस्पताल भर्ना



काठमाडौं । काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याजी पीडित चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । ११ दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए ।

उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविर मै आएर जाँच गरेका थिए । संघर्ष समितिका अगुवा संघर्ष दाहालका अनुसार ९ जना थप स्वास्थ्य परिक्षणका लागि अस्पताल रिफर भएका थिए ।

अस्पताल गएका ९ मध्ये ५ जना फर्किएका र बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको दाहालले बताए । उनका अनुसार आन्दोलनरत मिटरब्याजी पीडितहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १७:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।