काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याजीहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक साक्षात्कारव कार्यक्रममा उनले भने, ‘हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ ।’
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए । पायो भन्दै जहाँतहींबाट ऋण लिन नहुने उनको भनाइ छ । ‘अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरें, थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न भएन । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ ।’
ओलीले मिटरब्याज कारोबार कानुनविपरीत रहेको भन्दै सरकारले यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।




















प्रतिक्रिया