Logo

राजनीति

उपनिर्वाचन : तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार



काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दिने पक्का भएको छ । बिहीबार नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका उनी तनहुँ १ मा उपचुनाव लड्ने भएका हुन् ।

डा. वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले गरेका हुन् । सामाजिक सञ्जाल ट्वटीरमा पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे ।

आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका गोविन्द भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १९:४६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।