Logo

खेलकुद

थ्री नेसन्स कपमा उपाधिका लागि नेपाल र लाओस भिड्दै



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि नेपालले आज (शुक्रबार) लाओस्सँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअ‍ोसबीच फाइनल खेल हुँदै छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार डलर पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । नेपालले जारी प्रतियोगिताको अघिल्लो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाल र लाओस्बीचको हेड टु हेडमा पनि नेपाल अगाडि छ । अहिलेसम्म भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा लाओसविरुद्ध नेपालले एक जित र एक बराबरी खेलेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १२:२३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।