Logo

खेलकुद

प्रधानमन्त्री थ्री नेसन कपको उपाधि नेपाललाई



नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । लाओसलाई २-१ गोलको नतिजामा पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न अनौपचारिक फाइनल खेलमा नेपाललाई जित दिलाउन आयुष घलान र मनिष डाँगीले गोल गरे ।

खेलको १७ औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । सोहि अग्रता बचाउन नसक्दा पहिलो हफमा लाओस बराबरीमा रोकिएको थियो ।

बोउनपाचाङले दिएको क्रस नेपालका मणी लामासँग डिफ्लेक्ट हुँदै फौथाभमेङको खुट्टाका बल पुगेको थियो । त्यहि, मुभमा नेपालका गोलकिपर किरण कुमार लिम्बुलाई बीट गर्र्दै उनले सुन्दर गोल गरेका थिए ।

नेपालका लागि आयुष घलानले २४ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको २४ औं मिनेटमा एरिक विष्टको क्रसमा आयूसले गोल गर्दै खेल बराबरी गरेका थिए ।

पहिलो हाफमा घरेलु टिममाथि केहि दबाब बनाएको लाओसले दोस्रो हाफमा गोल गर्ने अवसरहरु सृजना गर्न सकेन । खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपालको जित २(१ ले सुनिश्चित गरे । उनले अञ्जन बिष्टले सेन्टर नजिकै बाट दिएको क्रसलाई उत्कृष्ट फिनिस गर्दै नेपाललाई उपाधि दिलाएका थिए ।

त्यसअघि, खेलको २६औं मिनेटमा नेपालले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । मनिष डाँगीले दाँया तर्फबाट दिएको क्रसिमा नबिन लामाले मिलाइदिएको बलमा अयूष घलानको प्रहार लाओसका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टि बक्स निजिकै बाट बोउनपाचाङले प्रहार गरेको फ्रिकिक नेपालका गोलकिपर किरणले बचाएका थिए ।

लाओसलाई हराउँदै च्याम्पियन बनेको नेपालले ५ हजार र उपविजेता लाओसले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय डलर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार २०:१६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।