Logo

प्रमुख समाचार

एमाले : भीम रावलसँग वार्ता गर्न विष्णु पाैडेलकाे नेतृत्वमा टाेली



काठमाडौं । नेकपा एमाले पूर्व उपाध्यक्ष भीम रावलसँग वार्ता गर्न टोली गठन गरेको छ । शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो ।

टोलीमा पौडेलसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा छन् । वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय भएको पनि पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १७:०४   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।