काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई लोकतन्त्र भन्न नमिल्ने बताएका छन् । रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थशास्त्रीसमेत रहेका डा. वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेच हुने गरेको भन्दै त्यसले कुशासन बढाएको पनि बताए । ‘हामी पाँच–पाँच वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका छौं’, उनले भने, ‘पुराना पार्टीहरुमा टिकटको किनबेच हुन्छ । त्यसपछि खर्चिलो चुनाव र महंगो टिकटको लगानी उठाउनेतिर ध्यान जाँदा समृद्धि छायाँमा पर्छ । ‘सुशासनका लागि लोकतन्त्रलाई विकृत बनाइरहेको पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्नेछ ।’
रास्वपाले तनहुँ १ मा उम्मेदवार बनाएका डा. वाग्लेले सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने तर्क गरे । भर्खरै सम्पन्न भएको जनगणनाको नतिजाले पनि नेपालमा जनसांख्यिक लाभ रहेको देखिएको र यही अवसरमा डेलिभरीको राजनीति गर्नुपर्नेमा उनले जोड दिए ।




















प्रतिक्रिया