Logo

राजनीति

रास्वपाले उपनिर्वाचनपछि मात्रै सरकारमा जाने/नजानेबारे निर्णय लिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागिताबारे उपचुनावपछि मात्र निर्णय गर्ने भएको छ । आगामी १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा सभापति रवि लामिछानेले आफूहरु सरकारलमा जाने÷नजानेबारे उपनिर्वाचनपछि मात्रै निर्णयमा पुग्ने बताए ।

उनले रास्वपा व्यक्ति हेरेर नभई नीति हेरेर सरकारमा गएको दाबीसमेत गरे । प्रचण्ड सरकारले अघिल्लो पटक बनाएको न्यूनमत साझा कार्यक्रममा अधिकांश आफ्नो दलको वाचापत्रका एजेन्डाहरु समावेश भएको र त्यो कार्यान्वयनका लागि सरकारमा गएको बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १९:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।