काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचन लड्ने तीन उम्मेदवारको टुंगो लगाएको छ । १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार चयन गरेको हो ।
राप्रपाको आज (आइतबार) बसेको संसदीय समितिको बैठकले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।




















प्रतिक्रिया