बारा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचनबाट भर्खरै पराजित भएको व्यक्ति सांसद जान खोज्नु जनमतको अपमान भएको बताएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने भएपछि त्यसप्रति लक्षित गर्दै उनले जनमतको अपमान हुने बताएका हुन् ।
शनिबार बारा– २ मा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष राउतले भने, ‘भर्खरै पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानुहुँदैन, त्यसो गर्नु भनेको जनताले दिएको मतको अपमान हो । जनताले पनि यो बुझेका छन् ।’
यसअघि जितेको ठाउँमा उपेन्द्रले आफ्नो साख जोगाउन नसकेको भन्दै उनले बारा– २ का जनताले बाहिरका मान्छेलाई नजिताउने दाबी गरे । जनमत पार्टीका नेताको स्वच्छ छवि, सरकार र सदनमा देखाएको सक्रियता, यसअघि गरेको किसान आन्दोलनले गर्दा उपनिर्वाचनमा आफूहरुले जित्ने राउतको दाबी छ ।




















प्रतिक्रिया