Logo

राजनीति

मन्त्रिमण्डल विस्तारपछिको पहिलो मन्त्रिपरिषद् बैठक आज बस्दै



काठमाडौं । मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक आज (सोमबार) क्याबिनेट बैठक बस्दैछ । सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक नियमित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीमा पुष्पकमल दहाल ‘प्रचण्ड’ नियुक्त भएको सोमबार एक सय दिन पूरा भएको छ । यद्यपि, मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्री प्रचण्डले अझै पनि आफूसँग ६ वटा मन्त्रालय राखेका छन् ।

राष्ट्रपति निर्वाचनसँगै फेरिएको सत्ता समीकरणपश्चात गत शुकबार प्रधानमन्त्रीले ११ जना नयाँ मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १२:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।