Logo

प्रमुख समाचार

उपनिर्वाचनका लागि बारा–२ मा १७ जनाको उम्मेदवारी



बारा । आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा स्वतन्त्र व्यक्ति गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लसपालगायको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहले उम्मेदवारी दर्ता गराएका हुन् । साथै रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १६:५४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।