Logo

प्रमुख समाचार

प्रहरीलाई गृहमन्त्री श्रेष्ठले भने– शासकीय अहंकार देखाएर लाभ र सुविधाकेद्रित बन्ने होइन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई शासकीय अहंकार नदेखाउँदै लाभ र सुविधकेन्द्रिकत नहुन निर्देशन दिएका छन् । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको अनुगमनमा पुगेका उनले भने, ‘हामीले शासकीय अहंकार देखाउने, त्यो शासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’

मन्त्री श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको उल्लेख गर्दै गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्नेमा जोड दिए । ‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन’, उनले भने, ‘गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १७:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।