काठमाडौं । नेपाली कांग्रेसका पूर्व नेता जगन्नाथ पौडेलले चितवन २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन्। छोटो समयमा देशले रुपान्तरण खोजेकाले त्यसका लागि स्वतन्त्र पार्टीको समूह मात्रै सक्षम रहेको पौडेको भनाइ छ ।
चितवन–२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेता पौडेलले १७ हजार बढी मत ल्याएका थिए । त्यसपछि कांग्रेसले उसलाई कारबाही गरेको थियो ।
मंसिर ४ को चुनावमा सभापति लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले उनको नागरिकता खारेज गरिदिए पछि उक्त क्षेत्रमा सांसद पद रिक्त रहेको थियो।




















प्रतिक्रिया