काठमाडौं । सिइओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । यसअघि लोगोको रुपमा रहेको ‘निलो चरा’ (ब्लु बर्ड) लाई परिवर्तन गरी उनले अहिले डोजकोइन क्रिप्टोकरेन्सीमा प्रयोग हुने आइकन डोज (कुकर)लाई ट्विटरको लोगो बनाएका हुन् ।
अब ट्वीटरमा लगअन गर्ने बित्तिकै होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि उक्त कुकुरको चित्र नै देखिन थालेको छ । यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । लोगो परिवर्तन भएको केही समयपछि मस्कले ट्विटरमा रहेको निलो चरो अब पुरानो भइसकेको भन्ने सन्देश दिनेखालको मिम पोस्ट गरेका थिए ।
मिमको रुपमा पनि प्रयोग हुँदै उक्त आइकन अब ट्विटरको लोगो बनेको छ । परिवर्तन भएको ट्विटरको लोगो ‘डोज’ सन् २०१३ मा बिटकोइनलगायत क्रिप्टोकरेन्सीलाई जिस्काउनका लागि निर्माण गरिएको थियो । मस्कले लोगो परिवर्तनको कारणबारे भने खुलाएका छैनन् ।





















प्रतिक्रिया