काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब हिजोका दिनमा जस्तो ठूलो पार्टी बन्न नसक्ने बताएका छन् । हिजो बाढीको भल जस्तो माओवादी अहिले सुक्दै गएको र अब फर्केर फेरि त्यो अवस्थामा पुग्न नसक्ने उनको भनाइ छ ।
एमाले दैलेखको ठाटीकाँध गाउँपालिका कमिटीले गरेको मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै थियो। हामीले देखेका थियौं। आज त्यो भल सुक्दै गएको छ। फर्केर बाढी आउनेवाला छैन। त्यसैले अहिले यता र उता हाम फाल्नु परेको छ।’
भट्टराईले केही नेताले पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेको बताए । उनले भने, ‘जसरी भए पनि प्रधानमन्त्री बन्ने। किन भने अर्को पटक प्रधानमन्त्रीमा आउन सकिँदैन नि। तर, एमालेले यस्तो बल गर्दैन। किन गर्दैन भन्दा एमाले जतिबेला पनि आउन सक्छ नि’ एमालेको त जति पनि सत्तामा आउने बाटो छ।’
भट्टराईले सरकार लुते र कमजोर भएकाले देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा सकस देखिएको बताए।




















प्रतिक्रिया