Logo

अर्थ

‘मिटरब्याजीलाई कारबाही गर, जाली तमसुक खारेज गर’



काठमाडाैं । मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूहले बालुवाटारमा धर्ना दिएका छन् । शान्तिबाटिकाबाट मार्चपास सुरु गरेर पीडितहरू बालुवाटार पुगेर धर्नामा बसेका हुन् ।

उनीहरुले मिटरब्याजी साहुलाई कारबाही गर, जाली तमसुक खारेज गर, झुटो आश्वासन बन्द गर लगायत माग राख्दै बालुवाटारस्थित भाटभटेनी अगाढी धर्ना दिएका हुन् । आजै मात्र महोत्तरीबाट थप ३५ जना पीडित काठमाडौं आएका थिए ।

प्रदर्शनमा सहभागीहरुले मिटर व्याजर विरुद्ध कानुन निर्माण गर, झुटा मुद्धामा गिरफ्तार गरिएका पिडितलाई रिहा गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पिडितलाई न्याय दे लगाएतका नारा लगाएका थिए ।

सरकार र आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समितिबीच पाँच बुँदे सहमति भइसकेको छ । सरकारले कार्यान्वयन नगरेसम्म विश्वस्त हुन नसकिने भन्दै पीडितको अर्को समूह आन्दोलन जारी राख्न सोमबार र मंगलबार गरी काठमाडौं आइपुगेको हो ।

तस्बिरहरु हेर्नुहाेस् :-

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १८:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।