Logo

खेलकुद

नेपालविरुद्ध भियतनामलाई पहिलो हाफमा ३–० को अग्रता



काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले अहिले भियतनामसँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालविरुद्ध भियतनामले ३–० गोलको अग्रता बनाएको छ ।

खेलको ११ औं मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई अग्रता दिलाएकी हुन् । त्यसअघि खेलको ३६ औं मिनेटमा कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै भियतनामलाई २–० को अग्रता दिलाइन् । खेलको ३८ औं मिनेटमा एनगुएन थि बिच थुएले एक गोल थप्दा भियतनामले ३–० को अग्रता बनाएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १८:५५   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।