काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डपथमा हिँड्ने कुनै पनि पार्टीले देशको दूरगामी हित गर्न नसक्ने टिप्पणी गरेका छन् । सामाजिक संजालमा नेता मिश्रले आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा हलो चुनाव चिह्नमा भोट माग्दै प्रचण्डपथ हिँड्नेले देशमा केही गर्न नसक्ने बताएका हुन् ।
पार्टीका तर्फबाट उपनिर्वाचनमा उम्मेदवार बनेका नेताहरुको फोटो सेयर गर्दै नेता मिश्रले हलोमा भोट नहालेको अवस्थामा भावी पुस्ताका लागि देश बस्न नहुने जिकिरसमेत गरेका छन् । राप्रपाले चितवन २ मा जीबलाल पुरी, नतहुँ १ मा शोभा गुरुङ र बारा २ मा सोनालाल साहलाई उम्मेदवार बनाएको छ ।
‘भ्रममा नपरौँ, वैचारिक रूपमा प्रचण्डपथमा हिँड्ने कुनै पनि पार्टीले यो देशको दूरगामी हित गर्न सक्दैन । त्यसैले अब उप्रान्तको भोट “हलो” मैँ हालौँ।’, उनले भनेका छन्, ‘अन्यथा हामी ुघिसिपिटीको राजनीतिुबाट मुक्त हुने छैनौँ। भावी पुस्ताका लागि देश बस्न योग्य हुने छैन।’




















प्रतिक्रिया