काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन सरेको छ । उपनिर्वाचनको कारण देखाउँदै जेठ १ गतेको लागि अधिवेशन सारेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने जनाएको छ ।
यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीकै अध्यक्ष उपेन्द्र यादव नै उम्मेदवार बनेका कारण बैठक सारिएको हो ।




















प्रतिक्रिया