काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु र सभामुख देवराज घिमिरेबीच सिंहदरबारमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरे छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री, सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल सुरु भएको हो । उनीहरूबीच समसामयिक राजनीतिक विषय तथा संसद्को बिजनेसबारे कुराकानी हुनसक्ने बुझिएका छ ।




















प्रतिक्रिया