काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धताको वर्षा मात्र गर्ने गरेको टिप्पणी गरेका छन् । मुलुक आर्थिक संकटमा धकेलिँदै गइरहेको भन्दै उनले यस्तो बेला पनि प्रधानमन्त्री प्रचण्ड भने ढुक्क रहेको र ‘कमिटमेन्ट’को वर्षा मात्रै गर्ने गरेको बताए ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘रेमिट्यान्सबाट कर्मचारीलाई तनाखा खुवाउनुपर्ने स्थिति आएको छ भनेर विज्ञहरुले भनिराखेका छन् । ‘सरकार मात्रै ढुक्क छ, अरु कोही ढुक्क छैन ।’
कसैले तारा झारदेउ भन्यो भने तारा मात्रै होइन, जून पनि झारी दिउँला भने जसरी प्रधानमन्त्री प्रस्तुत हुने गरेको उनले बताए । ‘प्रधानमन्त्रीज्यू तपाईँहरुको बीचमा पनि आएर बोल्नु भयो होला । ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ’, उनले भने, ‘भन्न केही बाँकी राख्नु हुन्न, कमिटमेन्टको वर्षा हुन्छ ।’
ओलीले सहकारी बदनाम भएको भन्दै ध्यान दिन सहकारी अभियन्ताहरुलाई आग्रह गरे । एकाध सहकारी देखाएर विरोध गर्ने भन्दा पनि सहकारीको संरक्षण र प्रोत्साहित गर्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन सरकारले पनि ध्यान दिनुपर्ने बताए ।




















प्रतिक्रिया