Logo

प्रमुख समाचार

कर्णाली सरकारबाट बाहिरियो एमाले



काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली सरकारमा एमालेका तर्फबाट मन्त्री बेनका तीनै जना मन्त्रीहरूले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।

देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन् ।

तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १७:५३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।