Logo

राजनीति

बागमतीमा मन्त्रिपरिषद् विस्तार आज, कांग्रेसबाट बहादुर र तीर्थ मन्त्री बन्दै



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज (आइतबार) नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् । बागमती सरकारमा नेपाली कांग्रेसबाट दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामा मन्त्री बन्दै छन् । नवनियुक्त मन्त्रीहरूको शपथ आजै साँझ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । बहादुरले आर्थिक मामिला तथा योजना र तीर्थले खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयको जिम्मा पाउने भएका बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १८:१२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।