Logo

प्रमुख समाचार

ढाकाकुमारको ‘घुस डिल’ प्रकरणबारे छानबिन गरेर कारबाही गर्न नसके मलाई गढीमाईमा बलि चढाउनू : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने स्पष्ट पारेका छन् । आफू स्वास्थ्य तथा जसंख्यामन्त्री बन्ने पक्का भएको भन्दै गत माघ १ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि त्यसबारे छानबिन गरेर दोषी देखिए कारबाही गर्ने लामिछानेले प्रतिवद्धता जनाएका हुन् ।

बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए । ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी पाएँ’, उनले भने, ‘तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु– भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेबित्तिकै मैले पार्टी पंक्तिमा निर्देशन दिइसकेको छु । ७२ घण्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर अल्टिमेटम दिएको छु।’

देशमा भ्रष्टाचारका काण्ड ७२ वर्षदेखि अल्झिएर बसे पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि त्यसको निराकरण हुने लामिछानेको भनाइ छ । छानबिन नसकिएसम्म ढाकाकुमारलाई सांसद र पार्टीको साधारण सदस्यको रुपमा पनि कुनै काम गर्न नदिने पनि उनले स्पष्ट पारे ।

  • याे पनि…

रास्वपा सांसद श्रेष्ठले दुई करोड घुस मागेको अडियो बाहियो, पार्टीबाट निलम्बित

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईंबीच यसरी भएकाे थियाे दुई करोडकाे डिल (वार्तालाप) 

घुस प्रकरणमा मुछिएका श्रेष्ठलाई रास्वपाले सोध्यो २४ घन्टे स्पष्टीकरण, अनुशासन समितिले छानबिन गर्ने

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १८:४७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।